महानिरीक्षक सिंहको प्रतिवद्धता : सरुवा/बढुवामा अनावश्यक चलखेल बन्द, निर्मलाका हत्यारा पत्ता लगाउने पहिलो प्राथमिकता

Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा/बढुवा उत्कृष्टताको आधारमा गर्ने बताउनु भएको हो । प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने पनि बताउनु भयो । महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिले नै सरुवा र बढुवामा प्राथमिकता दिनेगरी आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकहरुले प्राथमिकतामा राखेर अघि बढाएका कामहरुलाई आफूले निरन्तरता दिने बताउनु भयो । उहाँले नेपाल प्रहरी आलोचित बनिरहेको निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।

नेपाल सरकारले सिंहलाई गत वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यसको टुंगो अझै लागिसकेको छैन । महानिरीक्षक सिंहले आईजीपीको कार्यभार सम्हालेको आज एक महिना पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?