भोजपुर । ब्याडमिन्टन खेललाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ भोजपुरमा बी डिभिजन खुला ब्याडमिन्टन प्रतियोगिता सोमवारबाट सुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा आगामी फागुन ९ गतेसम्म संचालन हुने गरी बी डिभिजन स्तरीय खुला व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । १९ टिमको सहभागितामा प्रतियोगिता सुरु भएको युवा संघ नेपाल भोजपुरका जिल्ला अध्यक्ष रविन थापाले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिले फागुन ११ गतेबाट ए डिभिजन स्तरीय ‘दोश्रो केपी ओली कप’ फुटवल सञ्चालन गर्ने सन्दर्भलाई लक्षित गर्दे जिल्लामा भने ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको युवा संघ नेपाल भोजपुर जिल्ला इन्चार्ज ज्ञानेन्द्र राईले बताउनुभयो ।
प्रतियोगिता अन्तर्गत बिजेतालाई नगद २२ हजार दुई सय २२ र उपबिजेतालाई नगद ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । युवा संघले समापनको दिन ब्याडमिन्टनको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएकासहित १४ जनालाई सम्मानको समेत कार्यक्रम राखेको छ ।
भोजपुर सदरमुकामको कवोर्ड हलमा सञ्चालन भइरहेको छ । खेलको अवसरमा भोजपुरका १४ जना व्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिने जनाइएको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य प्रेम कार्की, नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मक्कर खड्का जिल्ला कमिटी सदस्य इन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच