चाँगुनारायण-७ का वडाध्यक्ष लगायतलाई सुनियोजित रुपमा फसाइएको भन्दै राप्रपाद्वारा थुनामुक्त गर्न माग

Read Time = 2 mins

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ १३ गते सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो ।

कित्ता नम्बर ३९९ क्षेत्रफल ९०–४–०–०० सरकारी जग्गासहित बैना बापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिएपछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरूले राप्रपाविरुद्ध षडयन्त्र गर्दै सुनियोजित रूपमा फसाएको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bachchan Kumar Thapa
Bachchan Kumar Thapa
2022-06-04 4:35 pm

९०-४-०-० अर्थात ९० रोपनी ४ आना । कुरो अब राम्ररी बुझियो ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?