२३ विधामा फस्र्ट फ्लाएर्स फिल्म अवार्ड हुने

Read Time = 3 mins

काठमाडौं । फस्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९ आगामी कातिक ५ गते विराटनगरमा आयोजना गरिने भएको छ । यसअघि २४ वैशाखमा तय गरिएको अवार्ड स्थानीय निर्वाचनका कारण स्थगित भएको थियो । ओजश फिल्मस् एन्ड इन्टरटेनमेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा ०७६/०७७ र ०७८ चैतभित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुनेछन् ।

प्रतिस्पर्धी फिल्मबाट उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट संगीतकार, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट कथा, पटकथालगायत लाइफ टाइम अचिभमेन्ट अवार्ड, पब्लिक च्वाइस अभिनेता, अभिनेत्री, जुरी गरी जम्मा २३ विधामा अवार्ड प्रदान गरिने जानकारी आयोजक संस्थाले दिएको छ ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको जानकारी आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले दिनुभयो । ‘विराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्म तथा कलाकार पहिलो प्राथमिकतामा पर्दैनन् । त्यहाँ नेपाली फिल्मको बजार सन्तोषजनक छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छाँै,’ साइमनले भन्नुभयो ।

अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रविन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी (सिपी), एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविन राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य हुनुहुन्छ ।

अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभूषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २०० बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयं र नरेशवीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार तथा सञ्चारकर्मीलाई विराटनगर लगिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?