एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

Read Time = 1 min

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।
काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।

बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी हुनु भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।

पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?