उद्योगबाट निस्किने फोहोरलाई शून्यमा झार्ने खुकुरी रम उत्पादकको प्रतिबद्धता

Read Time = 2 mins

काठमाडौं । नेपालको अग्रणी मदिरा ब्राण्ड खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालि (एनडीपीएल) ले तीन वर्षभित्र उत्पादन प्रक्रियाबाट निस्कने फोहोरलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ।

विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले यस्तो प्रतिबद्धता जनाएको हो ।

जारी विज्ञप्तिमा कम्पनीले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि प्रतिबद्ध रहेको जनाएको छ। महाप्रबन्धक सुभाष लामिछानेले अहिले उद्योगबाट निस्किने फोहोरमध्ये ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भएका उल्लेख गर्दै आगामी तीन वर्षमा त्यसलाई शून्यमा झार्ने प्रतिबद्धता जनाउनुभएको हो ।

यस्तै, वातावरणमा हुन सक्ने नकारात्मक प्रभावलाई कम गर्न सप्लायर्स र विज्ञहरूसँग काम गरिरहेको र सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याउने कम्पनीले जनाएको छ।

उत्पादनमा प्रयोग हुने बोतल संकलन गरिरहेको र पुनः प्रयोग गर्न अत्याधुनिक प्रविधिको सहयोगले सफा गर्दै आएको बताइएको छ।

यीबाहेक कम्पनीले ग्रीन इनर्जीमा समेत काम गरिरहेको पनि कम्पनीले जनाएको छ। आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनमा ल्याइसक्ने जिकिर कम्पनीको छ।

वातावरणप्रति जिम्मेवार बन्ने प्रयत्नरत देखाउन खोजेको एनडीपीएलले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा समेत काम गरिरहेको छ।

वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरूसँग गरिरहेको कामलाई पनि जारी राख्ने कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?