हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । युइएफए नेसन्स लिग ‘ए’ ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्डलाई हंगेरीले स्तब्ध पारेको छ । हंगेरीले इंग्ल्यान्डलाई १-० ले स्तब्ध पारेको हो । शनिबार राती भएको खेलमा इंग्ल्यान्डलाई स्तब्ध पार्न हंगेरीका डोमिनिक सोबोस्लाईले निर्णायक गोल गर्नुभयो ।

खेलको ६६औँ मिनेटमा उहाँले निर्णायक गोल गर्नुभएको थियो । यो जितपछि हंगेरी लिग ‘ए’ ग्रुप ३ मा तीन अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इंग्ल्यान्ड चौथो स्थानमा रहेको छ । समान एक अंक जोडेर जर्मनी र इटाली दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

अर्को खेलमा इटाली र जर्मनीले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इटालीका लागि लोरेन्जो पेलिग्रेनीले र जर्मनीका योसुवा किम्मिखले एक-एक गोल गर्नुभएको थियो । ७०औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।

७३औँ मिनेटमा योसुवा किम्मिखले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभएको थियो । यो बराबरीपछि यी दुवै टोलीले समूहमा एक अंक जोडेका छन् । जर्मनी दोस्रो तथा इटाली तेस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्ड पुछारमा तथा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?