बारा–२ : करैयामाई १ र सुवर्ण १ को मतपेटिकामा उपेन्द्रलाई सुरुवाति २२४ मत

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ ।

कलैया उपमहानगरपालिका–३ गंगापुर स्थित शैक्षिक तालिम केन्द्रमा दिउँसो पौने एक बजेदेखि मतगणना शुरु भएको हो । करैयामाई गाउँपालिका वडा नम्बर–१ र सुवर्ण गाउँपालिका–१ को मतपेटिका खोलेर मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी गराउनु भयो ।

करैयामाई गाउँपालिका–१ मा १ हजार ९ सय २९ र सुवर्ण गाउँपालिका–१ मा २ हजार ३ सय ४३ मत खसेको उपाध्यायले जानकारी गराउनु भयो । निर्वाचन क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, आम जनता पार्टीका अरुण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल बीच प्रतिस्पर्धा हुँदैछ । एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको छ ।

पछिल्लो मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले २ सय २४, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ सय ७० र एमालेका पुरुषोत्तम पौडेलले १ सय ६६ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० र आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत प्राप्त गर्नु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?