ओठे बाजा र कोठे खाजा नबनोस्, विश्व उपभोक्ता दिवस !

बद्रीप्रसाद दाहाल
Read Time = 12 mins

हरेक वर्ष १५ मार्च विश्वभरै ‘उपभोक्ता अधिकार दिवस’ को पर्व सभ्य र भव्यसित मनाइन्छ । कतिपय इमानदार राज्यप्रणाली जहाँ मानवतावादी देशभक्त राजनेताहरूले सत्ताको वागडोर सम्हालेका छन् तथा मगजमा समझदारी र काँधमा जिम्मेवारी बोकेका सक्षम राष्ट्रसेवक प्रशासक हुन्छन्, त्यस्ता देशहरूले यसलाई औपचारिकताको ओठे बाजा, कोेठे सेमिनार र प्लेकार्डसहित मार्चपासको सडक वितण्डा नबनाएर व्यवहार, अभ्यास र दैनन्दिनीमा उपभोक्ताहरूको अधिकारलाई सम्मान गर्ने प्रण ताजा उदाहरण दिँदै अभिनूतन कार्ययोजना प्रस्तुत गर्दछन् । विगतका आआफ्ना सेक्टरका कमजोरीको निर्मम आलोचना गरेर सकारात्मक र नकारात्मक कार्यहरूको सफल तथा असफलको पुनरावलोकन गर्दछन् ।

‘दिवस’ शब्दको अर्थ दिउँसो वा उज्यालो प्रहर हो । यसलाई ‘घस्र, दिन, अहन्, वासर’ भनेर पनि बुुझिन्छ । वास्तवमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दिवस कुनै गर्वपूर्ण, सर्वजन हिताय चालिएको ऐतिहासिक छलाङ हो । जसले मावता, सहृदयता र करुणालाई मनवचन तथा कर्मले शिरोधार्य गरेर अन्याय, शोषण, दमन प्रकृति ध्वंसक तत्वहरूलाई ठेगान लगाउन अभिनूतन अभियानहरूका कार्यदिशा तय गरेका हुन्छन् । त्यही उज्यालो ज्योतिको पर्व नै दिवस भनेर विशिष्टीकरण गरिएको छ । दिवसलाई अकर्मण्य, आडम्बर र ढोँगले नसिँगारी कर्मशील, वास्तविक र सामयिक तथ्यमा घुलन गर्नु महाजनहरूको अनिवार्य नैतिक कर्तव्य हो ।

यसरी राजनीतिक र प्रशासनिक क्षेत्रका जिम्मेवार पदमा आसीनहरूको चिल्ला र मीठा कर्णमधुु प्रतिबद्धता हरेक खाले दिवसमा हाम्रा कानहरूमा गुञ्जिने क्रमको कर्मकाण्डीय निरन्तरता यथावत् छ र पनि उपभोक्ताहरू भने शोषित, पीडित र वञ्चनामा पर्ने ग्राफ बढोत्तरीमै छ ।

नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा ‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरण’ भन्ने नाराका साथ विभिन्न क्रियाकलाप सम्पन्न भए । मूूलसमारोह समितिको आयोजनामा निष्पन्न उक्त कार्यक्रममानेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीजीले डिजिटल पुुस्तिका विमोचन र उपभोक्ता जागरण गीत पनि सार्वजनिक गर्नुभयो । सम्बोधनको क्रममा उहाँको अभिव्यक्ति ः ‘उपभोक्ता हितार्थ वस्तु तथा सेवामा सुधारका लागि कानुनी र नीतिगत संरचना बनाइने छ । त्यसका लागि तीनवटै तहसित सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ । हामी सबै उपभोक्ता हौँ, हाम्रा साझा अधिकारको परिणाम प्राप्त गर्ना स्वप्रेरित भई स्वच्छ र स्वस्थ वस्तु तथा सेवा प्रयोगार्थ सबैले आआफ्ना असल कर्तव्य अभ्यासमा पूूरा गर्नुु पर्दछ ।’

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी यसरी प्रतिबद्धता व्यक्त गरे : ‘मन्त्रालय र यसअन्तर्गतका विभाग आमउपभोक्ताको हकहित र संरक्षणका लागि तयार छ’ । त्यसैगरी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले उपभोक्ता हकअधिकारका विषयवस्तु र खाद्यमात्र नभई स्वच्छ वातावरणका लागि जनचेतना अभिवृद्धि गर्ने कुरा बताइन् । साथै हाल काठमाडौं नगरपालिकाले ‘फुुड हाइजिन’लाई विशेष ध्यान दिई विज्ञ टोली सञ्चालन गरेको स्पष्ट पनि पारिन् ।

यसरी राजनीतिक र प्रशासनिक क्षेत्रका जिम्मेवार पदमा आसीनहरूको चिल्ला र मीठा कर्णमधुु प्रतिबद्धता हरेक खाले दिवसमा हाम्रा कानहरूमा गुञ्जिने क्रमको कर्मकाण्डीय निरन्तरता यथावत् छ र पनि उपभोक्ताहरू भने शोषित, पीडित र वञ्चनामा पर्ने ग्राफ बढोत्तरीमै छ । सबैको स्वर यसरी घन्किरहेको छ : किन्ने र बेच्नेवाला दुुवै खाले भूमिकामा म र मेरो परिवार छ भन्ने भावना, सोच र विवेक व्यक्तिहरूमा प्रस्फुुरण नभएसम्म बजार स्वच्छ, सहज तथा स्वाभाविक हुुनै सक्दैन । यसैले विक्रेताहरू उत्तरदायी बन्ने र उपभोक्त जागरूक रहने दायित्व आजको आवश्यकता हो ।

उपभोक्ता त्यो वर्ग हो, जो दिनानुुदिन वस्तुहरूको उपभोग गर्दछन् । उत्पादनलाई खरिद गर्ने व्यक्ति नै सच्चा उपभोक्ता हो । वास्तवमा कुनै पनि वस्तुको वा सेवाको उपयोग गर्ने नै उपभोक्ता हो । चर्चित अमेरिकी राष्ट्रपति स्व.जोन अफ केनेडी जो स्वप्नद्रष्टा राजनेतासमेत थिए उनैको पहलले सन् १९६२ मार्च १५ तारिखमा उपभोक्ता अधिकारलाई आफ्नो देशमा कानुनी मान्यता दिए जसले विश्वव्यापी रूप लियो । जसमा सुुरक्षा, सूचना, छनोट र सुनवाइ यी चारखम्बे अधिकार उपभोक्तामाझ कानुनी मान्यता बनेर रहन गयो ।

यतिखेर विश्वका अधिकांश देशहरू यो अभियानका सदस्य भए पनि कयौँ देशहरू उपभोक्ताका अधिकारमा मन, वचन र अभ्यासमूलक कर्ममा पक्का हुन सकिराखेका छैनन् । उपभोक्ता बजारका संप्रभुु तागत हुुन् भन्ने कुरा बोध भएर पनि उनीहरूलाई सचेत, जागरुक र विश्वासमा लिने क्षमतामा सरकार, वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्रीवितरण गर्ने प्रदायकहरू जिम्मेवारीबाट चिप्लिएका छन् ।

उपभोक्तावादलाई सामाजिक र आर्थिक व्यवस्थाको रूपमा परिभाषित गरिए पनि हाम्राजस्ता कतिपय देशहरूमा वादको ठाउँमा उपभोक्ताले घातप्रतिघात व्यहोर्न बाध्य छन् । उपभोक्ता अधिकारमा सुुरक्षा, छनोट, सूचना, सुनवाइ, क्षतिपूर्ति, शिक्षा स्वास्थ्य तथा आधारभूत वस्तु तथा सेवामा उपभोक्ताको सहज अधिकार भनेर व्यवस्था भए पनि यी अधिकार केवल देखाउने दाँतमात्र बन्दा शोषित पीडित बनेका छन् उपभोगकर्ता ।

यस वर्षको विश्व उपभोक्ता दिवसको अन्तर्य छ- ‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरण’ स्वच्छ भनेको सफा अर्थात् जो उपभोक्तालाई हानिकारक नहुने हो । मूलतः ऊर्जाका स्रोतहरू दाउरा, बिजुली, मट्टितेल, डिजेल, मिल घट्ट चलाउने पानी, सूूर्यको ताप, आदि हुन् । कार्बन उत्सर्जन गर्ने र नगर्ने खालका दुुई थरी ऊर्जा हुन्छन् । परम्परागत र हाल प्रचलनमा आइरहेका ऊर्जाहरूबाट फड्को मार्दै उपभोक्तासमक्ष स्वच्छ वा नवीकरणीय ऊजा प्रयोगमा ल्याउने अभ्यास नै उनीहरूलाई ( प्रयोगकर्ताहरू) सशक्तीकरण वा सबलीकरण हो । जसमा नयाँ ऊर्जा : जस्तै जलशक्ति ऊर्जा, जैविक ऊर्जा, सौर्य ऊर्जा, वायुशक्ति ऊर्जा, भूूमिको गर्भमा रहेको ऊर्जा, समुुद्री छाल ऊर्जा आदि पर्दछन् ।

हालको नेपाल संविधानको धारा ४४ ले उपभोक्ताहरूको हकको व्यवस्था गरेको छ । जसमा लेखिएको छ ः गुुुणस्तरीय वस्तुर सेवाको उपयोग गर्न पाउनु उपभोक्ताको हक हो, गुुणस्तरहीन वस्तुको उपभोगबाट हानि—नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने सुनिश्चित गरिएको छ ।

उपभोक्तालाई सबलीकरण गर्ने नाममा प्राकृतिक दोहनको मनपरीतन्त्रले वातावरणलाई प्रदूषित र कमजोर बनाउन सक्छ । विकासको नाममा सुरम्य प्रकृतिलाई खलल पुुगेमा धराधामले गम्भीर प्रतिक्रिया दिन सक्छिन् । त्यसै भएर हाम्रो वेदका ऋचाहरू युुगौंदेखि ‘द्यौः शान्तिरन्तरिक्षगुुँ शान्तिःरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिः...................’ जस्ता सूूक्तिहरू गर्जना गरेर मानव जगत्लाई सचेतना दिएका हुन् । पश्चिमी मनीषिहरूले पनि ब्याक् टु नेचर किन भने ? सौर्य ऊर्जाबाट विविध खाले पपचार भएको इतिहास हाम्रा पूूर्वीय ग्रन्थहरूमा मनग्गे छन् । विज्ञहरूको विज्ञताले प्रकृतिको दोहनलाई अवश्य सन्तुलनमा लैजाने नै छ ।

हालको नेपाल संविधानको धारा ४४ ले उपभोक्ताहरूको हकको व्यवस्था गरेको छ । जसमा लेखिएको छ : गुुुणस्तरीय वस्तुर सेवाको उपयोग गर्न पाउनु उपभोक्ताको हक हो, गुुणस्तरहीन वस्तुको उपभोगबाट हानि-नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने सुनिश्चित गरिएको छ । तर विडम्बना ! हाम्रो संविधानका जनहितका पक्षहरूलाई अभ्यासमा उतार्ने बानीमा जुनसुकै सरकार आए पनि उदासीन देखिन्छ । लोकहितका संवैधानिक र कानुनी बुुँदा देखाएर दाताहरूलाई हातामा छिराउने र उपभोक्ताहरूलाई किनारातिर धकेल्ने शासकीय मनोवृत्ति घटोत्तरीमा जान टसकोमस हुँदैन बा !

श्री १० को यो बन्न लागेको अभिनूतन सरकार संविधानको रक्षा गर्ने बाजा बजाइरहेको छ । जनता एवं उपभोक्ता भने यो बाजाको ताल र लयमा ‘जुन जोगी आयो कानै चिरेका’ भन्ने उखानको सुर ताल र लय भनेर व्यंग्य गरिरहेका छन् । हेरौं स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरणमा कस्तो पाइला चाल्छ । हामी सबैको माग छ विश्व उपभोक्ता दिवस ओठे बाजा र कोठे खाजा नबनाऊन् ! संविधानको पालना र प्रतिबद्धताले संविधानका रक्षक र पालक हुन् भन्ने पुुष्टि गरून् ! समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?