सिजीको नयाँ एसी नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । सिजीअन्तर्गतको ‘सिजी मेरिडिया’ को आइओटी इन्भर्टर एसी नेपाली बजारमा आएको छ । डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम जडित सिजी मेरिडिया आइओटी इन्भर्टरमा एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलीकरण हुने विशेषता रहेको छ ।

डिजिटल इन्भर्टर जडान भएकाले विद्युत् खपतलाई कम गर्नुका साथै स्मार्ट कन्ट्रोलअन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोलमार्फत् एसी चलाउन सकिने कम्पनीले जनाएको छ ।

६० डिग्रीको उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने एसी सेल्फ डायग्नोसिस, उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषतायुक्त रहेको छ ।

१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटोसेन्सिटिभ सेन्सर जडान भएको छ भने गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?