स्वर्गीय राजभण्डारीको सम्झना

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघका पूर्वमहासचिव स्वर्गीय माधवमणि राजभण्डारीको सम्झनामा आइतबार भर्चुअल माध्यमबाट आयोजित शोकसभाले शोक प्रस्ताव पारित गरेको छ । महासंघका पूर्वमहासचिव राजभण्डारीको जेठ १२ गते असामयिक निधन भएको थियो ।

दोलखामा जन्मिनुभएका ७५ वर्षीय राजभण्डारी हृयाम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । २०३२-३४ मा कार्यकारिणी समिति सदस्य र २०३५–४१ को कार्यकालमा उहाँ महासचिवमा निर्वाचित हुनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा महासंघको संस्थागत विकासमा महŒवपूर्ण भूमिका खेल्नुभएको महासंघले जनाएको छ ।

महासंघका अनुसार तत्काल निर्णय गर्न सक्ने क्षमताका साथै निजी क्षेत्रमा स्पष्ट वक्ताका रूपमा परिचित स्वर्गीय राजभण्डारी महासंघको प्रतिनिधित्व गरी विभिन्न देशमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक, औद्योगिक, व्यावसायिक, श्रम, व्यापारका विषयमा सशक्तरूपमा प्रस्तुत हुने व्यक्तित्व हुनुहुन्थ्यो । स्वर्गीय राजभण्डारीका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । शोकसभामा महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्य, उद्यमी व्यवसायी, स्वर्गीय राजभण्डारीका सुुपुत्र नितिन राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?