वेल्स ६४ वर्षपछि विश्वकपमा, युक्रेनको सपना अधुरै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युक्रेनलाई १-० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

आइतबार राति युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे । वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह बी इंग्ल्यान्ड, अमेरिका र इरानसँगै वेल्सले खेल्नेछ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?