देशभर मौसम बदली हुने, काठमाडौंसहितका स्थानमा बर्षा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार नेपालमा मनसुन सरदर १३ जुनमा भित्रिने भए पनि यो वर्ष आइतबार प्रदेश १ मा भित्रिसकेको छ।

सोमबार बिहान काठमाडौं उपत्यकामामा मौसम बदली रहेको छ । दिउँसो पख केही स्थानमा बर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली हुँदै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो पनि यि प्रदेशहरूमा बदली नै रहने र राति प्रदेश-१, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

यो वर्षको मनसुन सरदर मितिअघि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको हो। अन्य भू-भागमा पनि केही दिनपछि मनसुन भित्रिने विभागले जनाएको छ।

देशका १४ जिल्लाको नदीनालामा बहाव बढ्न सक्ने सम्भावना

देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?