पाकिस्तान पनि श्रीलंकाको बाटोमा हिड्दै छ : सिलोनु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पाकिस्तान पनि श्रीलंका झैँ आर्थिक संकटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।

पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक संकट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी सिलोनुले दिएको हो ।

अति महत्त्वाकांक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक, आर्थिक एवम् राजनीतिक संकटको भुमरीमा परेको श्रीलंकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी सिलोनुले गरेको हो ।

‘विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलंकाले झैँ संकटको सामना गर्नुपर्यो भने अचम्म नमान्दा हुन्छ’, पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै सिलोनुले भनेको छ । आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ ।

पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्यांक सिलोनुले समाचारमा प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०२०/२१ (जुलाई-अप्रिल) मा ४४.७ अर्ब अमेरिकी डलरको आयात भएकोमा आर्थिक वर्ष २०२१/२२ (जुलाई-अप्रिल) मा झन्डै ५८ प्रतिशतले बढेर ६५.५ अर्ब अमेरिकी डलर पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ८.७ अर्ब अमेरिकी डलरमा सीमित रहेको पेट्रोलियम पदार्थको आयात ९५ प्रतिशतले बढेर १७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ । व्यापार घाटा पनि २४ अर्ब डलरबाट बढेर ३९ अर्ब डलर पुगेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?