अंश बिवादमा काकीमाथि भतिजाले चलाए गोली, भागेर ज्यान जाेगियाे

Read Time = 2 mins

-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आज दिनदहाडै गोली चलेको छ।

घरायसी अंश बिवादका कारण गोली चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका हुन् । पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए ।

-घटनास्थलमा भेटिएको गोलीको खोका

सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी आतिदैं भागेपछि पुन: प्रहार गरेको गोलीबाट उनी बचेकी हुन्। नवलपरासी जिल्ला अदालतदेखि करिब ५० मिटरको दुरीमा रहेको व्यस्त सडकमा गोली चलेको हो । हर्षरामका बाबुका दुई भाइ हुन्।

सन्तानविहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हर्षरामले गोली हानेको आफन्तहरुले बताएका छन्। दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन्। घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ।

गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?