काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को सेमिफाइनलबाट बाहिरिएको छ ।
सोमबार राति सेमिफाइनलमा पुलिस क्लब वाम्कोसँग ३-२ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि टिम अपराजित रहँदै शीर्ष चारमा स्थान बनाएको थियो ।
माल्दिभ्स पुलिसले पहिलो सेट १५-२५ र दोस्रो सेट २१-२५ ले गुमाएको थियो । यसपछि पुनरागमन गर्दै तेस्रो सेट २५-२१ र चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै सेट २-२ को बराबरीमा पार्यो । तर, निर्णायक सेट ५-१५ ले गुमाउँदा पहिलो हार बेहोर्दैै प्रतियोगिताबाट बाहिरियो ।
यस्तै, अर्को सेमिफाइनलमा क्लब इगलले विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भयो ।
प्रतियोगितामा नेपाली खेलाडी उषा भण्डारीसहित कामना माल्दिभ्स पुगेका थिए । उषा सम्मिलित धिवेही सिफाइन्ज क्लब भने समूह चरणबाट अगाडि बढ्न सकेन । दुबै खेलाडीले पहिलो पटक विदेशी लिग खेलेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच