खानेपानीको चरम अभाव खेपिरहेका स्थानीयलाई कांग्रेस नेता लुइँटेलको सहयोग

Read Time = 4 mins

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर १ बलखु स्थित भिरगाउँमा पिउने पानीको चरम अभाव थियो । नजिकै पानीको मुहान नहुँदा पानीको चरम अभाव खेप्नु परेका करिव ५० घर परिवारलाई पिउने पानीको व्यवस्था मिलाउन नेपाली कांग्रेसका नेता कुमार लुइँटेलले गर्नुएको छ ।

लुइटेलको विशेष सहयोगमा करिव १० किलोमिटर टाढा ढाँडखोलाबाट पाइपबाट पानी ल्याएर पिउने पानीको समस्या टारेको स्थानीय उभोक्ताहरुले बताएका छन् । ‘सुनकोशी गाउँपालिकाको सहयोगमा पाइप व्यवस्थापन र कुमार लुइटेलको सहयोगमा ट्याङकी निर्माण गरियो’, भिरगाउँका खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर मगरले भन्नुभयो ,‘अहिले खानेपानीको समस्या टरेको छ, पुरै गाउँका उपभोक्तालाई नपुगेपनि ५० घर परिवारले पिउने पानी टाढाबाट बोक्नु नपर्ने भएको छ ।’

उक्त योजनाका लागि ३ लाख रकम सहयोग गरेको लुइटेलले बताउनुभयो । रुपनगर सप्तरी स्थायी घर भइ हाल क्यानडामा व्यवसाय गर्दै आएका फडिन्द्र श्रेष्ठ समेतको आर्थिक सहयोगमा गाउँमा खानेपानीको समस्या समाधान गरिएको उहाँको भनाइ छ । समाजसेवामा विशेष रुची भएका श्रेष्ठले लुइटेलको अनुरोधलाई स्वीकार गरी दुर्गम गाउँमा खानेपानीको अभाव पूर्तिगर्न आर्थिक सहयोग गर्नुभएको हो । ५०० मिटर तलबाट पानी बोक्ने बाध्यता टरेको भन्दै स्थानीयमा खुसी छाएको छ ।

५० घरधुरी मगर समुदाय रहेको भिरगाउँमा अहिले १९ हजार लिटरको ट्याङकी बनाएर स्थानीयलाई पिउने पानी वितरण गरिएको उपभोक्ता समितिका सचिव नैनबहादुर लुंगेली मगरले जानकारी दिनुभयो । यो योजना नहुँदा स्थानीयले ५ सय मिटर भन्दा तल रहेको (पधेरो) मुहान बाट पानी बोकेर पिउन बाध्य थिए । गाइबस्तुलाई पानी खुवाउन समेत निकै समस्या भएको मगरको भनाइ छ ।

विगतमा पनि लुइटेलका पहलमा माननीय स्व. बलबहादुर राईको संसदीय क्षेत्र विकास कोष, जिल्ला भूसंरक्षण कार्यालय समेतबाट मुहान संरक्षणका लागि बजेट व्यवस्था गरिएको थियो । त्यस पश्चात बैकल्पिक उर्जा कार्यालय ओखलढुंगाको सहयोगमा लिफ्टीङ गरेर करिव २ सय माथि पुर्याइएको थियो । उक्त पानीको श्रोत विश्व जलवायु परिवर्तनको असरका कारण विस्तारै सुक्दै गएपछि स्थानीयले खानेपानीको चरम अभाव खेपिरहेका थिए ।

ओखलढुंगाको विकास निर्माण र मानविय सहयोगमा निरन्तर लागिरहेका लुइँटेलले दुर्गमका नागरिकको खानेपानी समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीयले बताएका छन् । यो योजनाका लागि पटक पटक विभिन्न निकायसँग समन्वय गरेर सहयोग जुटाएको र भिरगाउँबासीको पिउने पानीको दुःख मेटाउन सम्भव भएको नेपाली कांग्रेस प्रदेश १ कार्यसम्पादन समिति सदस्य समेत रहेका लुइँटेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?