चिसो मान्छे सेन्सर पास

Read Time = 2 mins

काठमाडौं । आउँदो असार ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो । अब सबै वर्गका दर्शकले सहज रूपमा चलचित्र हेर्न पाउने छन् । ‘चिसो मान्छे’ले सार्वजनिक पोष्टर, टिजर र ट्रेलरबाट दर्शकमाझ ठूलो हाइप बनाएको छ ।

निर्देशक दीपेन्द्र के खनाल आफ्ना हरेक चलचित्रमा समाजभित्रको गम्भीर विषयलाई सूक्ष्म रूपमा उठाउँदै आउनुभएको छ । चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।

सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरू उत्साहित भएको निर्देशक खनालले बताउनुभएको छ । चलचित्रले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा प्रस्तुत छ । चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन स्वयंम निर्देशक खनालले लेख्नुभएको हो । चलचित्रको सम्पादन दीर्घ खड्काले गर्नुभएको छ ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मुस्ताङ अस्पतालमा बढे बिरामी एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा