चिसो मान्छे सेन्सर पास

Read Time = 2 mins

काठमाडौं । आउँदो असार ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो । अब सबै वर्गका दर्शकले सहज रूपमा चलचित्र हेर्न पाउने छन् । ‘चिसो मान्छे’ले सार्वजनिक पोष्टर, टिजर र ट्रेलरबाट दर्शकमाझ ठूलो हाइप बनाएको छ ।

निर्देशक दीपेन्द्र के खनाल आफ्ना हरेक चलचित्रमा समाजभित्रको गम्भीर विषयलाई सूक्ष्म रूपमा उठाउँदै आउनुभएको छ । चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।

सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरू उत्साहित भएको निर्देशक खनालले बताउनुभएको छ । चलचित्रले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा प्रस्तुत छ । चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन स्वयंम निर्देशक खनालले लेख्नुभएको हो । चलचित्रको सम्पादन दीर्घ खड्काले गर्नुभएको छ ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?