हानले आतिथ्य सम्मेलन गर्ने

Read Time = 2 mins

काठमाडौं । होटल संघ नेपाल (हान)ले असोज ८ गते आतिथ्य सम्मेलन अर्थात् हस्पिटालिटी कन्क्लेभ आयोजना गर्ने भएको छ । कोरोनाका कारण रोकिएको सम्मेलन यसपटक भने हानको अर्धवार्षिक साधारणसभाकै क्रममा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । एकदिने सम्मेलनमा होटल क्षेत्रका समस्या र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने विभिन्न सत्र सञ्चालन हुने बताइएको छ । सम्मेलनमा सम्बन्धित क्षेत्रका स्वदेशी तथा विदेशी विज्ञको सहभागिता रहनेछ ।

सम्मेलनमा दक्षिण एशियाली यात्रा : बहुब्राण्डको उदय, विभिन्न सम्झौताको निर्णय र उद्योगको बदलिँदो अनुहार- विन्धाम होटल्स, डिजिटल सेल टच पोइन्ट्स : डिजिटल डिस्ट्रिब्युसन प्लेटफर्मप्रतिको बुझाइ, अनलाइन राजस्वलाई चुस्त राख्ने परिधि र डिजिटल मार्केटिङ-संसारसँग कसरी आतिथ्य ब्राण्डले सञ्चार गर्छ भन्नेमा आएको परिवर्तन, सेवा चुस्त राख्न होटल अपरेसनलाई आइटिइएससँग तालमेल, नीतिगत जटिलता सहजीकरण, होटल उत्पादनकोे मानकीकरण, तालिमप्राप्त एचआरको भूमिका/महिला कर्मचारी र उद्यमीको प्रभाव, दिगोपना, ऊर्जा पर्याप्तता, संरक्षण, पुनर्प्रयोग, वातावरणमैत्री अभ्यास- दक्ष प्रणालीको पृथ्वीमा सकारात्मक प्रभाव र कम्पनीको बटमलाइनलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

अर्धवार्षिक साधारणसभा र आतिथ्य सम्मेलन दुवै दिन होटलहरूमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीहरूलाई समेटी बृहत् प्रदर्शनी रहने पनि बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?