यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.१२ र बिक्रि दर १३३.७२ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९२ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३३ रुपैयाँ र बिक्री दर ८७.७३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १० पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९ रुपैयाँ ०९ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ १२ पैसा र बिक्री दर १० रूपैयाँ १७ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.१६ पैसा र विक्रीदर ४३३.१० पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?