फुलहमसँग हार्‍यो चेल्सी

Read Time = 2 mins

लण्डन । लण्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहमसँग दुई-एकको हार व्यहोरेको छ । घरेलु मैदानमा फुलहमको जितमा विलियम र भिनिसियसले एक-एक गोल गर्नुभयो । चेल्सीका कालिडोउ कोउलीवालीले एक गोल फर्काउनुभयो ।

खेलको २५औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई पहिलो हाफमा एक-शून्यको अग्रता दिलाउनुभयो । ४७औं मिनेटमा कालिडोउ कोउलीवलीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि ७३औं मिनेटमा भिनिसियसले गोल गर्दै चेल्सीलाई दुई–एकले स्तब्ध पार्नुभयो ।

यस जितले फुलहम १९ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी १८ खेलबाट २५ अंक जोडेर १०औं स्थानमा छ । लगातारको हारले चेल्सीको शीर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ । यता, स्पेनिस सुपर लिगमा रियल बेटिसलाई टाइब्रेकरमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा चार-दुईले पराजित गरेको हो । अब बार्सिलोनाले फाइनलमा रियल म्याड्रिडसँग खेल्ने छ ।

निर्धारित समयमा एक–एक र अतिरिक्त समयमा दुई-दुई गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गर्नुभयो । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो चुक्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?