सानिमाको ‘ग्रिन पिन’

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘ग्रिन पिन’ ल्याएको छ । ग्रिन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ । ग्रिन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु रहेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?