काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनविटेबल एक्सचेन्ज’ अफर सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सुरु भएको अफरअन्तर्गत कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हुण्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी अफर ल्याएको हो ।
योजना नेपालभर नै लागू हुने भएकाले आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ । एक्सचेन्जमा ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकनभन्दा न्यूनतम ५० हजार थप पाउनुका साथै विद्युतीय गाडी खरिदमा प्रोत्साहनस्वरूप ५० हजारसम्मको गो ग्रिन बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
विभिन्न मोडलको खरिदमा नगद छ लाखसम्मको आकर्षक छुटका साथै हुण्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्यांकन गराई हुण्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहार पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सबै हुण्डाई गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्री सर्भिसिङ उपलब्ध रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वाइन्टमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच