नर्वे रोकियो, स्विडेन पराजित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित हुँदा नर्वे गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो । स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।

यता, अर्को खेलमा स्विडेन घरेलु मैदानमा सर्वियासँग १-० ले पराजित भयो । सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा छ । यता, तीन अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?