सन्धिखर्कमा कुकुरलाई रेविजविरुद्धको खोप

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

अर्घाखाँची । सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निशुःक खोप लगाइएको छ ।

नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।

नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उहाँले बताउनुभयो । उहाँहरूले अर्घाखाँची अस्पताल पुगेर बिरामीहररूलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गर्नुभएको थियो ।

लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई खोप लगाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?