बास्केटबलमा संस्कृतिको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आयोजक संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा जित हात पारेको छ । स्वयंभूस्थित घरेलु कोर्टमा संस्कृतिले एपेक्स लाइफलाई १७-२ ले पराजित गर्‍यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ६ अंक जोड्नुभयो । गल्र्समै काठमाडौं वल्र्ड स्कुलले केभीकेएसएसलाई १२-२ तथा काष्ठमण्डपले मातृभूमिलाई १७-२ ले हराए ।

काठमाडौं वल्र्ड स्कुलकी सिलोह लामाले ५ तथा काष्ठमण्डपकी राजभी श्रेष्ठले ६ स्कोर गर्नुभयो । दोहोरो जित निकालेको काठमाडौं वल्र्डले मातृभूमिलाई २३-१३ ले पन्छायो । विजेताका सफल थपलियाले ९ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?