धादिङको गजुरीमा सवारी दुर्घटना हुँदा, एक जनाको मृत्यु, १५ जना घाइते

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिँदा एक जनाको मृत्यु भएको छ, १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माइक्रोबस बसमा सवार एक महिलाको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु्भयो ।

काठमाडौंबाट बेशीशहर तर्फ जाँदै गरेको बा २ ख ४७६२ नक्बरको माइक्रोबस र भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा लमजुङका ३० वर्षीय दिलराम सुनार, दोलखा भिमेश्वर नगरपालिका २ का ३१ वर्षीय सुजन श्रेष्ठ, लमजुङ दोर्दी गाउँपालिका ४ का २९ वर्षीय मनिषा गुरुङ, गोरखा अजिरकोट गाउँपालिका ३ का ३८ वर्षीय शरण अधिकारी, लमजुङ सुन्दरबजार नगरपालिका ७ का तिर्थ कुमारी अछामी, तनहु रानिपानी ९ का १९ वर्षीय दिपा सुनार, काठमाडौ का.म.न.पा कलंकी बस्ने ५१ वर्षीय बिनयराज पन्त, लमजुङका ५० वर्षीय राजु ओलिया, सोही स्थानका २६ वर्षीय काजि दुलाल,।

काठमाडौ चन्द्रगिरी न‍पा ८ का ४२ वर्षीय मन्जु अधिकारी, लमजुङका २१ वर्षीय (चालक) मिशन परियार रहेका छन् ।

यस्तै लु २ ख २६४४ नं।को बसमा सवार काठमाडौ चन्द्रागिरि न।पा।३ का ५६ वर्षीय यम प्रसाद सिंखडा, चितवन भ‍.न.पा.७ का १८ वर्षीय अभिसेक उप्रेती, सोही स्थानका २५ वर्षीय मिलन अधिकारी र चितवन भ।न।पा १२ बा १९ वर्षीय शिसिर बराल रहेका छन् ।

घाइते मध्ये १० जनालाई काठमाडौ रिफर गरेको छ भने केहीको स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?