यस्तो छ तपाईंको जेठ २८ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल जेठ २८ गते शनिबार, ई.सं.-११ जुन, २०२२ । तिथि- जेठ शुक्लपक्ष द्वादशी, नक्षत्र- स्वाती, योग- परिघ, करण- वव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः०९, सूर्यास्तः १८ः५८ ।

मेष : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मिथुन : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

तुला : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृश्चिक : मिहिनेतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

कुम्भ : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?