सोनिया गान्धी अस्पताल भर्ना

Read Time = 1 min

नयाँ दिल्ली । कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी अस्पताल भर्ना हुनुभएको छ । उहाँको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भन्नुभएको छ।

सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?