काठमाडौं सर्ट फिल्म फेष्टाका लागि दर्ता आहृवान

Read Time = 3 mins

काठमाडौं । छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरूको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेष्टा–०२२’ छैटौं संस्करणका लागि आहृवान गरेको छ । यो फेष्टाका लागि २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायांछविले जनाएकोे छ ।

‘काठमाडौं सर्ट फिल्म फेष्टा-०२२’ मा छोटा चलचित्र एवं छोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधि २ मिनटदेखि ५९ मिनटभित्रको हुनुपर्ने आयोजकले बताएको छ ।

चलचित्र एवं बृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्‍याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुर्‍याउन फेष्टा आयोजना गररिहेको फेष्टा एवं छायांछविका अध्यक्ष शान्तिप्रियले बताउनुभयो । नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तर्राष्ट्रिय महोत्सबमा अवार्ड प्राप्त गर्ने क्रम बढेको र त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनपर्छ भन्ने पनि फेष्टाको उद्देश्य छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई अवार्डमा पुरस्कृत सम्मानित गरिन लागिएको हो ।

फेष्टामा सहभागी चलचित्रलाई वेष्ट सर्ट फिल्म (फिक्सन), वेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, वेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), वेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, वेस्ट कन्सेट/स्कृप्ट, वेष्ट बायोपिकडकुमेन्ट्री, जुरी अवाड, पब्लिकच्वाइस अवार्ड, वेष्टम्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदी विभिन्न विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।

यी मध्ये वेष्ट सर्ट फिल्म (फिक्सन) र वेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिनेछ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?