हालान्डको दुई गोलमा नर्वेको रोमान्चक जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३–२ अन्तरले पराजित गरेको छ ।

रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे । स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे ।

जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा शीर्षस्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?