के हामी नेपाल आमामाथि घात गरिरहेका त छैनौं ?

Read Time = 13 mins

✍️ मणि शर्मा
संस्कृति तथा संस्कार कुनै पनि धर्मको शक्ति हुन्छ । कुनै देशको सनातन धर्ममाथि प्रहार गर्नु छ भने त्यहाँको संस्कृति तथा संस्कारमाथि पहिले प्रहार गर्नुपर्छ । त्यो देशको बालबालिका तथा युवामा आफ्नो सनातन संस्कृति तथा संस्कारमाथि वितृष्णा जगाएर आधुनिकीकरणको नाममा छाडा संस्कृति तथा संस्कारलाई प्रवेश गराउन सकियो भने त्यहाँको सनातन धर्ममाथि सजिलै प्रहार गर्न सकिन्छ । नेपालमा सबैभन्दा पहिला यहाँको शिक्षा प्रणालीमाथि प्रहार गरियो । शिक्षालयको पाठ्यक्रम, भाषा, पोषाक, संस्कार तथा संस्कृतिमाथि प्रयोग गरियो । नेपाली शब्दहरूमाथि खेलबाड गरियो ।

नेपालीको ठाउँमा अंग्रेजीलाई प्राथमिकतामा राखियो । सामुदायिक विद्ययालयहरूलाई कमजोर पारेर निजी विद्यालयलाई बलियो बनाइयो । साना नानीहरू पनि आफ्ना पिताको हैसियत बाहिर गएर सुट टाई लगाउने चाहनाले निजी विद्यालयमा पढ्ने दबाब दिन थाले । निजी विद्यालयमा गएपछि बाआमा मम्मीड्याडी भए बडाबा बडीआमा काका काकी, मामा माइज्यू सबै अंकल अण्टी वा ठूलो ड्याडी मम्मी सानो ड्याडी मम्मी भए । ईश्वर गड भए । क्रिसमस मुख्य चाड भयो, वैशाख नववर्ष नभएर पहिलो जनवरी न्यू इयर भयो ।

बाआमा तथा गुरुजनलाई पाउमा प्रणाम गर्नुपर्ने ठाउँमा गुडमर्निंङ, गुड इभिनिङ र हगले स्थान लियो । आफ्नो पारम्परिक लोकसंगीत तथा सुगम संगीतको ठाउँ हिपपप र रकले स्थान लियो । समाज टुक्रिएर परिवार र परिवार टुक्रेर घर भयो, आपसी मायालु सम्बन्ध अब स्वार्थ तथा धनसँग दाँजिन थाल्यो । देशभन्दा दल ठूलो, दलभन्दा गुट ठूलो भयो, देश हरायो ।

सनातन धर्म, संस्कृति तथा संस्कार हाम्रो धरोहर हो तर जसरी २०५२ सालपछि इण्डोपश्चिमा शक्तिकेन्द्रबाट परिचालित पुष्पकमल र बाबुरामको नेतृत्वमा सुरु भएको जनयुद्धको नाममा सनातन धर्मविरोधी युद्ध र त्यसपछि आइएनजिओहरूले बनाइदिएको संविधानले हाम्रो धर्म, संस्कृति तथा सस्ंस्कारमाथि आक्रमण भइरहेको छ यो हाम्रो लागि मात्र नभएर हाम्रो आउने पिँढीहरूका लागि भयंकर खतरनाक छ ।

नेपालको सनातन संंस्कृति प्राचीन कालदेखि चल्दै आएको संस्कारहरूको पालन हो जो अहिले बिलाउँदै गएको छ । एउटै शब्दमा भन्नु पर्दा मानिसको आधिभौतिक, आधिदैविक आध्यात्मिक उन्नतिका लागि हिमवत्खण्ड नेपाली परिवेशको सम्यक चेष्टाहरू संस्कृति हो । यो कुनै एक वर्णको नभएर चारै वर्णको सामूहिक विरासत हो जसलाई पश्चिमाहरूले जातिभेदको नाममा टुक्र्याइरहेका छन् ।

यसै सन्दर्भमा नेपाली बालबालिकालाई अमेरिका र पश्चिमा धर्मसंस्कृतिप्रति बफादार बनाउन यहाँका शिक्षाविद तथा बुद्धिजिवीलाई किनेर विद्यालयको पाठ्यक्रममा समेत हस्तक्षेप गरेको छ । एक कक्षाको पुस्तकमा ई भनेको ईशा, इशान ईशालाई सम्झेर प्रार्थना गर्छ भनेर लेखिएको छ । बालमस्तिष्कमा हाम्रो ईश्वर ईशा मसीह हो भनेर घुसाउन दुस्साहस गरेको छ यो सरकारले । खैरो कपाल भएकी, आधुनिक लूगा लगाएकी, चिटिक्क राम्री पश्चिमा केटीको फोटो राखेर राम्री र धोती लगाएकी काली केटीलाई कुत्सित भनेर लेखेको छ । यसरी हाम्रो धर्म तथा संस्कारमाथि यो सरकार तथा प्रमुख प्रतिपक्षले समेत हस्तक्षेप गरेको देखिन्छ । कक्षा सातको पाठमा इसाई धर्म भनेर पाठ्यक्रममा राखेको छ ।

ईशा मसिहका बारेमा बढाइचढाइ नभएका कुराहरू राखेर बालबालिकालाई इसाई बन्न प्रेरित गरेको छ । पाठ्यपुस्तक सबै बाहिर आएपछि हाम्रो सनातन धर्म मास्न सरकार कसरी परिचालित भएको छ थाहा हुनेछ । अब प्रत्येक नागरिक तथा अभिभावकहरू यो पाठ्यक्रमको विरोधमा सडकमा नउत्रे एकदिन हाम्रो मुलुकको धर्म इसाई नबन्ला भन्न सकिँदैन । नेपालमा हेर्र्ने हो भने अधिकांश पाष्टरहरू बाहुन नै छन् । पश्चिमा शक्तिकेन्द्रले हाम्रो धर्म मास्न बाहुनहरूलाई नै प्रयोग गरेका छन् र शासन व्वस्थामा पनि यिनै छद्मभेषी बाहुन र क्षेत्रीहरू नै प्रयोग भएका छन् । बाहुनहरूलाई कसरी परिचालित गरिरहेका छन् । बर्दियाको एउटा उदाहरण यस्तो छ : यहाँको एउटा गाउँमा अधिकारी थरका पण्डित बाजे थिए ।

उनले आफ्ना दुई भाइ छोराहरूलाई आफू जस्तै पण्डित बनाउने इच्छाले संस्कृत शिक्षा अध्ययन गर्न बनारस पठाएछन् । बनारसवाट फर्किदा जेठो छोरो पाष्टर भएर आएछ । उसले गाउँमा आएर गाउँलेहरूलाई इसाई बनाएको थाहा पाएपछि पण्डितजीले छोरालाई घरबाट निकालिदिए र अब मेरो जेठो छोरो बित्यो भनेर घोषणा गरे । दाइले विस्तारै भाइलाई पनि आफूजस्तै पास्चर बनाएपछि पण्डित बाजेले कान्छो छोरालाई पनि घर निकाला गरेर दुवै छोरा अब आफ्ना लागि मरेको घोषणा गरे । आमाको मन, छोराहरूलाई देख्न नपाएपछि आत्तियो, बुढालाई पनि भन्न नसकिने । यसभन्दा पहिला जेठो छोरालाई लुकेर भेट्ने गर्थिन् ।

पछि उनी आफ्ना बुढा घर नभएको बेला लुकी-लुकी छोराहरूलाई भेट्न थालिन् । अन्त्यमा छोराहरूले आमालाई पनि इसाई बनाई छाडे । पण्डितबाजेले स्वास्नी पनि त्यागेको घोषणा गरे तर धेरै समयसम्म यो टिक्न सकेन । आमा र छोराहरू मिलेर पण्डित बाजेलाई पनि इसाई बनाउनु सफल भए र उनलाई चर्चको मुख्य व्यक्ति बनाइदिएपछि पण्डितजीले भागवत, पुराण र वेदमा आगो लगाएर घरबाटमात्र होइन पछि गएर सबैजना गाउँ छोडेर बाँकेमा गएर बस्न थालेका छन् ।

अब आउँ इम्बोस्ड नम्बर प्लेटमा । यो पनि हाम्रो भाषामाथि आक्रमण हो, नेपाली भाषाको सट्टा अंग्रेजीमा किन लेख्नु प¥यो ? विश्वका विभिन्न देशमा आफ्नै मातृभाषामा इम्बोस्ड नम्बर प्लेट छ तर यहाँ हाम्रो सनातन धर्म, संस्कार र संस्कृतिमाथि आक्रमणपछि हाम्रो भाषामाथि आक्रमण सुरु भएको छ । यसले विदेशी गाडीलाई पनि नेपाल भित्रिन सजिलो पार्ने छ । जुन देशको सबै नागरिक, ट्राफिक प्रहरीले समेत पढ्न नसक्ने नम्बरहरू राखिनुको रहस्य के हो ?

जुन देशका सभामुुखलाई अंग्रेजी उच्चारण गर्न आउँदैन, प्रधानमन्त्रीलाई राम्ररी अंग्रेजीमा बोल्न आउँदैन त्यो देशमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट किन ? त्यो पनि भारतभन्दा आठ दश गुणा मँहगो मूल्यमा, विनापूर्व तयारीको । इम्बोस्ड नम्बर प्लेटमा एक अर्बभन्दा बढीको भ्रष्टाचारको स्रोत छ । नेपालमा भ्रष्टाचारको मूल कहाँ छ स्पष्ट छ । हाम्रो राष्ट्रभाषामाथिको आक्रमणको विरोध गर्न ढिलो गर्न हुँदैन ।

गणतन्त्रवादीहरू यस्तै सानातिना कुराहरूमा जनतालाई अल्झाएर ठूलै राष्ट्रद्रोह गर्न लागि परेका छन् । नेपालको परराष्ट्र नीति अब असंलग्न रहेन । अमेरिकी सांसद जिली ब्राण्डको नेतृत्वमा पाँच सदस्यीय टोली, दक्षिण तथा मध्य एशिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्यएशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु, त्यसपछि अमेरिकी नागरिक तथा भूसुरक्षा, प्रजातन्त्र तथा मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आएका थिए । जियाले भारतमा दलाई लामालाई भेटेपछि नेपालमा आएर तिब्बती शरणार्थीलाई भेटेकी थिइन् ।

यसमा सरकारले आफूहरूलाई जानकारी नभएको स्पष्टीकरण दिएको छ । उज्रा जियाले सांसद र आरजु राणालाई भेटेको पनि ट्वीट गरेकी छिन् र उनले आरजु राणाको प्रशंसा पनि गरेर गइन् । बलात्कारीलाई एक वर्षको हदम्याद किन भनेर उनले प्रश्न गरेकी थिइन् र उनकै आदेशमा अहिले नेपालमा बलात्कारको मुद्दालाई समय अवधि नतोक्ने कानुन बनाउन आवाज उठाइरहेका छन् ।

यी अमेरिकन भिआइपीहरू नेपाल आइसकेपछि अहिले इन्डोप्यासिफिक सैन्यकमान्ड हेर्ने जर्णेल चाल्र्स ए. फ्लिन नेपाल आएर गए । यसअघि नेपाललाई इण्डोप्यासिफिकको उपाध्यक्ष बनाइसकिएको छ । नेपाली जनताको एमसिसी विरोधलाई साम्य पार्न हेतुले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने प्रस्ताव पुष्पकमल दाहालले पेश गरेका थिए जसलाई प्रत्यक्षरूमा गठबन्धनका सांसदहरू र अप्रत्यक्ष रूपमा एमालेका सांसदहरूले पारित गरेका थिए । फ्लिनको भ्रमणको उद्देश्य निकट भविष्यमा देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिकी भ्रमणमा हुने स्टेट पार्टनरसिप प्रोग्राम, अल्टा अल्टअन्तर्गत सम्झौता, सोफा सम्झौताको कार्यान्वयन र इण्डो प्यासिफिक कमाण्ड रहने गरी नेपाली सेनाको अनुबन्धका लागि हुने वार्तालाई अन्तिम चरणमा पु¥याई उनीहरूको अमेरिकी भ्रमणमा सम्झौता तथा समझादारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ ।

नेपालको स्वतन्त्र अस्तित्वका लागि हाम्रो दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी अमेरिकालगायत विश्वका अन्य मुलुकसँग सुमधुर सम्बन्ध राख्नुपर्छ । भारतले पनि चीनलाई तह लगाउनु नेपालसम्बन्धी अमेरिकी नीतिलाई साथ दिनु हुँदैन । यी जम्मै परिदृष्यहरू हेर्दा लाग्छ गणतन्त्रवादी दलहरूका कारण हामी नेपाली जनता नेपाल आमालाई घात गरिरहेका त छैनौं ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?