खेलकुदमन्त्री गहतराज रुस प्रस्थान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठसदस्यीय टोली सोमबार रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेसन अफ रसिया र रसिया फेडरेसनका खेलकुदमन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेको हो ।

टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का विभागीय प्रमुख मधुसुदन बस्नेत, खेलकुदमन्त्रीका निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघका तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले हुनुहुन्छ ।

रुस भ्रमणका क्रममा दुवै देशको खेलकुद विकास र प्रवद्र्धनमा सहकार्य गर्न विभिन्न विषयहरूमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, नेपाल र रुसका बक्सिङ खेलाडीहरूको प्रशिक्षण आदान-प्रदान, बक्सिङ प्रशिक्षकहरूको क्षमता विकास र वृद्धिमा सहयोग गर्ने, नेपाल-रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति व्यवस्था गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?