जिसस नवलपरासीमा एमालेका यादव विजयी

Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा नेकपा एमालेका रुद्रल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी हुनुभएको छ ।

७ पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। यसैगरी एमालेले राप्रपासँग गठबन्धन गरेको थियो। गठबन्धनका आधारमा कांग्रेस–माओवादी केन्द्रको बहुमत संख्या ८ पुगेपनि एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका हुन्। एक मत बदर भएको छ।

प्रमुख पदका विजयी उम्मेदवार यादवले ७ मत ल्याउनु भयो भने नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याएर पराजित बन्नुभयो। उपप्रमुखमा माओवादी केन्द्रका चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्ती कुमारी चौधरीले ६ मत ल्याएर पराजित हुनुभयो ।

दलित वा अल्पसंख्यकमा राप्रपाकी लवाङदी देवी हरिजन विजयी हुनुभयो। महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, नेपाली कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी हुनुभयो । कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बन्नुभएकी कार्की भने माओवादी केन्द्रकी हुनु हो ।

९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेका धनिराम चौधरी विजयी हुनुभयो। चौधरी माओवादी केन्द्रको हुनु हो । त्यस्तै राप्रपाका मकबुल मिया र नेपाली कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यबाट विजयी हुनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?