अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचमा जोड

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच विस्तार गर्ने उद्देश्यका साथ भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम सुरु भएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनमा सुरु भएको कार्यक्रम असार ३ गतेसम्म सञ्चालन हुनेछ । तालिममा २५ जना व्यवसायीको सहभागिता रहेको भक्तपुर चेम्बरका अध्यक्ष न्हुच्छेरत्न मानन्धरले जानकारी दिनुभएको छ ।

चेम्बरले भक्तपुरमा उत्पादित तोरी तेल, जुजु धौ, कालो टोपी, हृयान्डीक्राफ्ट, लोकल रक्सीलगायतका स्थानीय उत्पादनलाई ब्रान्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तालिमपछि स्थानीयस्तरमा उत्पादित वस्तुलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना गर्ने आयोजकको अपेक्षा छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके समग्र देशमा हुने वस्तु आयातदर कम हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?