काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरुका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताउनु भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाउनु भयो ।
‘हामी निराश हुनुपर्ने स्थिती छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरु निस्कीए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’
स्थानीय चुनावको परिणामको समिक्षा गर्दै उनले एमालेको स्थिती कमजोर नभएको दाबी गर्नुभयो । पाँच दलिय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उहाँले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताउनु भयो ।
‘तपाईँहरु पार्टीको कार्यकर्ता हो । तपाईँहरुको काम मार्फत अब जनताले पार्टी हेर्छ । त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान कार्यकर्ता भएर देखाउनोस्,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच