नेपाललाई दुई स्वर्ण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ । स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जित्यो ।

श्रीलंकाको रतनापुरा इण्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका पाँच खेलाडी सहभागी थिए । नेपालका लागि नौ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलीले स्वर्ण पदक जित्नुभयो ।

पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सीमित हुनुभयो । मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकासहित पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराँते टोलीको नेतृत्व नेपाल कराँते महासंघ महासचिव एवं दक्षिण एसियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीले गर्नुभयो । टिम व्यवस्थापकमा जेनिस पन्थी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?