नेपालमा पनि मंकीपक्सका शंकास्पद बिरामी फेला

Read Time = 1 min

काठमाडौं । युरोपमा संक्रमणको केन्द्र बनेको मंकीपक्स नेपालमा भित्रिएको आशंका गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा दुबइबाट नेपाल आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ ।

दुबइबाट आएका २६ वर्षिया ती पुरुषमा मंकीपक्स संक्रमणको संका देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार भइरहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको शंका गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?