सरकारले एसपीपी लुकीछिपी अघि बढाएको छ: खिमलाल देवकोटा

Read Time = 4 mins

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाउनु भएको छ ।

आईतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौंता पनि सरकारले त्यसै गरी अघि बढाएको उल्लेख गर्नु भयो । उहाँले सरकार र अदालतले भने पारदर्शीता अपनाउन नपर्ने हो र ? भनि प्रश्न समेत गर्नु भयो ।
राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सांसद देवकोटाले सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग समेत गर्नु भयो ।

हाँले काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाईभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने बताउनु भयो ।

सांसद देवकाटाले सरकारले आफना सबै निर्णयहरु वेबसाईटमार्फत् सार्वजनिक गर्नुपर्नेमा जोड दिनु भयो ।

सांसद देवकोटाले भन्नु भयो, ‘मेरो प्रश्न छ-राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका मध्ये पारदर्शी हुनुपर्ने के व्यवस्थापिकाले मात्रै हो ? सरकार र अदालतलाई हुनु पर्दैन ? संसदको बैठक जीवन्त हुन्छ, भईरहेको छ । संसदीय समितिका बैठकका गतिविधिहरु पनि जीवन्त छन, पारदर्शी छन । तर सरकारले त क्याविनेटका निर्णयहरु पनि लुकाउँछ । अदालतको कुरै नगरौं । सञ्चार माध्यामहरुका आएका समाचारहरुलाई आधार मान्ने हो भने अदालतमा जति विकृति र अन्त कहीँ पनि छैन । सरकारका मन्त्रीहरुको नै कुरा गर्ने हो भने निर्णयहरु लुकीछिपी गर्छन । सार्वजनिक गर्दैनन् । जनतालाई थाहा दिँदैनन् । सुरुवाती अवस्थामा एमसीसीमा लुकीछिपी निर्णय गरे । अहिले बहुचर्चित एसपीपीमा पनि त्यहीँ गरेका छन् ।’

साथै उहाँले मन्त्रीको पीए बनेर छोटै समयमा अकुत सम्पत्ति कमाए भनेर एक जनाको नामै हालैको समाचार माध्यामहरुमा आईरहेको बताउँदै भन्नुभयो, ‘खाली खुट्टा काठमाडौं छिरेका उनले मन्त्रीको पिए बनेर चार वर्षमा नै ६ करोड सम्पत्ति कमाए भन्ने विवरण समाचारहरुमा छ । यहाँ त नाम मन्त्री, सबै चाँजोपाँजो मिलाउने पिएहरु । मैले राजकीय पदमा पुगेका इमान्दार साथीहरुलाई अनुरोध गर्छु–पिएबाट चाँही अलि सर्तक हुनुहोला । कानुनको राज्यमा पारदर्शीता भ्रष्टाचारको रक्षाकवज हो । राज्यको हरेक निकाय तथा अंगहरु पारदर्शी हुनुपर्छ । जनताले थाहा पाउनुपर्छ ।

काठमाडौं, धरानलगायतका केही पालिकाहरुले अहिले कार्यपालिकाको बैठक समेत लाईभ गरिरहेको बताउँदै उहाँले पारदर्शीताको यो सबभन्दा राम्रो नमुना भएको बताउनु भयो ।

सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दावी समेत गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?