एसपीपी फिर्ता लिने वा नलिने बारे सत्तारुढ गठबन्धनमा छलफल भएन : माधव नेपाल

Read Time = 2 mins

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताउनु भएको छ ।

यद्यपि आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा अध्यक्ष्य नेपालले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको भने जानकारी दिनुभयो ।

तर नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने नेता नेपालको भनाइ थियो ।

‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन रु त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ’ अध्यक्ष नेपालले भन्नुभयो ।

अश्लील अभिव्यक्ति र कर्मचारीमाथिको दुर्व्यवहारका कारण पछिल्लो केही दिनयता पर्यटनमन्त्री विवादमा परेको तर्फ उहाँले मान्छेका बारेमा कुरा उठ्दा जवाफ दिन धेरै गाह्रो हुने बताउँदे बोल्दा विचार पुर्याएर बोल्नुपर्ने प्रतिक्रिया दिनु भयो ।

साथै मन्त्री परिवर्तनका विषयमा बोल्दै अध्यक्ष नेपालले केही दिनभित्रै पार्टी निर्णयअनुसार नै हुने बताउनु भयो ।

गत स्थानीय तहमा आफ्नो तर्फका उल्लेख्य उम्मेदवारले सफलता हासिल गरेको बताउँदै पार्टीलाई गाउँ टोलसम्म पुर्याउन संगठन निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?