युनाइटेड सिमेन्ट उद्योगका कारण धुनिबेसीका स्थानीयको बसाई सर्नुपर्ने बाध्यता

Read Time = 5 mins

-बाबुराम श्रेष्ठ
धादिङ । युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण धादिङको धुनिबेसी नगरपालिका ९ स्थित जुगेडीका स्थानीयलाई बसाँई सर्नुपर्ने बाध्यता भएको छ ।

सनराइज बैंकका अध्यक्ष तथा केएल दुगर समुहका अध्यक्ष मोतिलाल दुगडको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ धुलो र ध्वनिका कारण स्थानीयहरु बसाईँ सर्न बाध्य भएका छन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानियहरुलाई रोगले पिरली रहेको स्थानीयहरुको भनाई छ । उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागी स्थानियले पटक पटक विरोध, सुझाव र ज्ञापन पत्र बुझाँउदै आएपनि उद्योग सञ्चालकहरुले स्थानियबासीले बेवास्ता गर्दै आएका छन् ।

उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानव बस्तीमा आउने र त्योसंगै उद्योग सञ्चालन गर्दा ठूलो स्वरमा ध्वनी प्रदुषण हुने समस्या आएपछी अहिले धुनिबेसी नगरपालिका ९ जुगेडीबासीले हैरानी खेप्न बाध्य छन् । धुनिबेसी नगरपालिका ९ जुगेडी घर भएकी स्थानिय रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानव बस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर गरेको बताउनु भयो । उद्योग सञ्चालनमा आएपछि उद्योग आसपासका मात्र नभएर उद्योगदेखी केहि टाढाका मानव बस्तीमा समेत त्यसको असर परेको उहाँले बताउनु भयो । उद्योग सञ्चालनमा आएपछि शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भइरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उहाँले बताउनु भयो । बारीमा तरकारी, मकै लगायत अन्य अन्यहरु समेत उब्जाउ नहने उहाँको भनाई छ । ‘सम्पति छैन भने सम्पति छ, छ भनौ भने अन्न फल्दैन्, राज्यले केही गर्दै मरे तुल्य जस्तै भएको छ । परिवार पाल्न समस्या भएको छ, के खाए बाँच्ने, बाँच्नु भन्दा मरेकै बेश जस्तो हुन थाल्यो । हाम्रो ठाँउ कृषि क्षेत्र हो, फलफुल फल्ने ठाउँ पनि हो, त्यहि फलफुल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौं । तर अहिले त फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफुलहरु फलल लाग्दै गर्दा झरेर जान्छन् केहि पनि फल्दैन ।’ उहाँले भन्नुभयो ।

अहिले स्थानीयहरुले समुहगत रुपमै सिमेन्ट उद्योगको ज्यादती विरुद्ध दबाव दिने अभियान समेत चलाएका छन् । स्थानीय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरेको उहाँले बताउनु भयो । जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईको उद्योग २४ सै घण्टा चल्छ । उता युनाईटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दावी गरेको छ । रातमा उद्योग सञ्चालन गर्दा अली बढी ध्वनी आँउने गरेको उद्योगका प्रतिनिधी अशोक आचार्यले बताउनु भयो । उद्योग स्थापनाको समयमा स्थानीयसंग उद्योगका प्रतिनिधीहरुले स्थानीयलाई रोजगारी दिने, स्थानीयले प्रयोग गर्दै आएको मोटरबाटोलाई पिच गरी उद्योगले समेत प्रयोग गर्ने, स्थानीयलाई कुनै किसिमको असर गर्न नदिने लगायतको सम्झौता पनि अहिले उद्योगले भने उक्त सम्झौतालाई कार्यान्वयन गरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?