पारा ओलम्पियन सम्मानित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनपिसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको छ । एनपिसी नेपालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपिसी नेपालका कोषाध्यक्ष ओमनाथ शिवाकोटीले जनाउनुभएको छ ।

सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राणा (लन्डन/ब्राजिल), मैया विशंखे (लन्डन) र लक्ष्मी कुँवर (ब्राजिल) रहनुभएको छ । उहाँहरूलाई एनपिसीकी अध्यक्ष राधा घलेले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गर्नुभयो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भएको एकदिने प्रतियोगितामा विभिन्न २१ स्पर्धामा १५० खेलाडीको सहभागिता रहेको कोषाध्यक्ष शिवाकोटीले जनाउनुभयो । हरेक स्पर्धामा पहिलो हुनेलाई एक हजार पाँच सय, दोस्रोलाई एक हजार र तेस्रोलाई पाँच सय नगद पुरस्कार प्रदान गरियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?