सेयर बजार घट्नुको कारण राष्ट्र बैंक : बोर्ड

Read Time = 2 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार घट्नुको दोष नेपाल राष्ट्र बैंकलाई लगाएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले मंगलबार पत्रकार सम्मेलन गरेर ४/१२ को राष्ट्र बैंकको नीतिका कारण बजार घटेको आरोप लगाउनुभएको हो ।

राष्ट्र बैंकले ल्याएको जोखिम भारसम्बन्धी नीतिका कारण पनि समस्या भएको उहाँले बताउनुभयो । अध्यक्ष हमालले भन्नुभयो, ‘राष्ट्र बैंक, बिमा समिति जस्ता नियामक निकायबीच नीति बनाउँदा एकअर्कामा समन्वय हुनुपर्ने हो, समन्वय पनि राष्ट्र बैंकमार्फत् हुनुपर्छ, यस विषयमा हामी राष्ट्र बैंकसँग कुरा गर्छौँ ।’

साथै बोर्ड अध्यक्ष हमालले लामो समय लगानी गर्ने सेयर बजारका लगानीकर्ताले पुँजीगत लाभकरमा छुट पाउने बताउनुभएको छ । छुटका विषयमा मंगलबारमात्रै अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर आफूले कुरा गरेको र अर्थमन्त्रीले कानुनी परामर्श गरेर समस्या समाधान गरिने आश्वासन दिएको उहाँले बताउनुभयो ।

यसैबीच पुँजी बजार समस्या समाधान संघर्ष समितिले मंगलबार बोर्ड बाहिर धर्ना दिएको छ । धर्ना र नाराबाजीका कारण कर्मचारी कार्यालयबाहिर निस्कन नपाएपछि थप प्रहरी परिचालन गरिएको थियो । आन्दोलनरत लगानीकर्ताहरूले बोर्डले वार्ता समिति गठन नगरेको भन्दै आक्रोश प्रकट गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?