यस्तो छ तपाईंको असार १० गते शुक्रबारको राशिफल

Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार १० गते शुक्रबार, ई.सं.-२४ जुन, २०२२ । तिथि- आषाढ कृष्णपक्ष एकादशी, नक्षत्र- अश्विनी, ११ः१३ बजे उप्रान्त भरणी, योग- अतिगण्ड, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ५ः११, सूर्यास्तः १९ः०१ ।

मेष : धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।

वृष : लामो समयदेखि चलिरहेको वादविवाद सम्झौतामा टुंगिनेछ ।

मिथुन : केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ ।

कर्कट : उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ ।

सिंह : परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन् ।

कन्या : नोकरी तथा राजनीतिमा विशेष लाभ हुनेछ ।

तुला : लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्‍याउनेछ ।

वृश्चिक : खानपानले पेटको समस्या आउन सक्छ ।

धनु : धन, उपभोग्य वस्तु र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ ।

मकर : अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ ।

कुम्भ : पेसा-व्यवसायबाट पनि नियमित आम्दानी भइरहनेछ ।

मीन : प्रतिभाले मान-सम्मानसमेत दिलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?