रारा आउने पर्यटन चालीस प्रतिशतले घटे

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । देशकै अति सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालीस प्रतिशतले पर्यटन घटेका छन् । मुगुको सदरमुकाम गमगढीमा अवस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटन चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

देशकै पर्यटन गतव्यको थलोका रुपमा रहेको रारामा पछिल्लो समयमा विशेषरी बाह्य देशका पर्यटनको संख्या हप्तै घटेको छ । यहाँको होटोल व्यवस्थापनदेखि कर्णाली राजमार्गको थप स्तरवृद्धि नहुदाँ पर्यटनलाई चाहिने व्यापक सुविधा दिन नसक्दा बाह्य र आन्तरिक पर्यटन घटेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो,“ रारातालको सुन्दरताले पर्यटनलाई लोभ्याउन गरेको छ । रारा पुगेपछि यहाँको राम्रो भन्दा नराम्रो कुराको सन्देश पर्यटनले प्रचार गर्दे हिड्दा रारासम्म आउने पर्यटनलाई पनि असर गरेको छ । राजमार्ग हुदै रारासम्म आउने पर्यटनले सडकको राम्रो व्यवस्थापन नहुदाँ निकै सकस हुने गरेको गुनासो गर्ने गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ । ”

रारासम्म पर्यटनलाई सहजरुपमा पु¥याउन सके यहाँको आम्दानी स्रोतमा निकै टेवा पुग्ने भएकोले स्थानीय र प्रदेश सरकारले राराको थप व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । राजश्व वृद्धिदर पनि यो आर्थिक वर्षमा तीस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हिउँदे याममा पर्यटनको खासै चहलपहल छैन हिमपातले बन्द भएको रारासम्मको सडक संचालनमा आएको छ । पर्यटकीय हबको विकास भएको राराताल लाई पर्यटनको आकर्षण गर्नेका लागि यहाँका सरोकारवाला र स्थानीय सरकारको काँधमा आएको स्थानीयवासि बताउँछन् । राराभित्र प्रवेश शुल्क नेपालीलाई प्रत्येक व्यक्ति रु १००,विदेश नागरिकलाई ३ हजार सहित १३ प्रतिशत भेट र सार्क मुलकका नागरिकलाई १५०० सहित १३ प्रतिशत भेट लाग्ने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

रारातालका विशेषता

रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल बन्ने गर्छ । त्यसकै आकर्षण र सुन्दरताले आज संसारका करोडौँ मान्छेको ध्यान खिचेको छ । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा तालबारे कतै नसुनेका र थाहा नपाएका बाहेक हरेक नेपालीलाई त्यसको प्रत्यक्ष दृश्यावलोकन गर्ने ठूलो धोको र हुटहुटी हुन्छ ।

प्रकृतिको काखमा रहेको अनुपम दृश्य नियाल्ने रहरले रारा जाने अवसर जो कोही पनि खोजिरहन्छ । त्यसका लागि विभिन्न जिल्ला तथा सहरबाट आफ्नो लामो यात्रा तय गरेर यहाँ आउँछन । सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै मुगु राराताल पुग्नका लागि हवाई मार्ग नभइ सडक मार्ग रोज्नेको यात्रा निकै पट्यारलाग्दो पनि हुन्छ ।

जब रारा ताल भेटिन्छ, बाटोमा भएका कष्टकर क्षण त्यसको वैभवले विर्साइ दिन्छ । तालमा पुग्छन तब त्यसको प्राकृतिक सुन्दरतासँग खेलेर निकै मस्ती गर्छन । हरेक आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालको शालिनता र अनुपम दृश्यले लठ्ठ बनाउँछ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?