बागलुङ क्षेत्र नम्बर १ मा खानेपानीका लागि ६ करोड बजेट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर
बागलुङ । सरकारले बागलुङमा खानेपानीको सहजताका लागि दुई वटै क्षेत्रमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । आगमी आर्थिक वर्ष २०७९/०८० का लाग बागलुङ क्षेत्र नम्बर १ मा २७ खानेपानी योजनाका परेका छन् । जसका लागि ६ करोड ९५ लाख बजेट विनियोजन भएको छ । संघ र प्रदेश सरकारबाट खानेपानी मन्त्रालय अन्तर्गत कार्यान्वयन हुनेगरी २७ योजना छनौटमा परेर बजेट विनियोजन भएको हो । योजनामा १० लाखदेखि एक करोडसम्म बजेट विनियोजन गरिएको छ ।

जसमध्ये केही क्रमागत र केही नयाँ योजना रहेका छन् । गाउँगाउँमा खानेपानीका एक घर एक धारा पुर्‍याउनका लागि खानेपानी योजनामा बजेट विनियोजन गरेको छ । उक्त योजनाहरु बागलुङ जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत छनौटमा परेका योजना हुन् । बागलुङ जिल्लाको क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले २७ खानेपानी योजना बाहेक बागलुङ बजारको ढल निकास परियोजनालाई समेत रु. १९ करोड विनियोजन भएको बताउनु भयो । उहाँका अनुसार यस वर्ष ठेक्कामा जानेगरी ढलनिकास परियोजना अघि बढ्ने गरी रु.१९ करोड बजेट विनियोजन गरेको छ ।

संघ मार्फत कार्यान्वयनमा जाने १३ आयोजना र प्रदेश मार्फत कार्यान्वयन हुँने साना खानेपानी आयोजनामा ६ करोड ९५ लाख बजेट विनियोजन भएको छ । संघीय सरकारबाट कार्यान्वयनमा जाने बागलुङ नगर सह-लगानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि एक करोड, अमलाचौर वृहत लिफ्ट खानेपानी बहुवर्षीय आयोजनाको लागि २० लाख, हाँडीकोट विहाडथला राङ्खानी भेडिखर्क खानेपानी योजनाका लागि १० लाख, जैमिनी खानेपानी आयोजनाका लागि रु. १० लाख र दमेक खानेपानी योजनाका लागि २० लाख विनियोजन भएको छ ।

ADVERTISEMENT

यस्तै बागलुङ गलुवा खानेपानी योजनाका लागि २० लाख, तित्याङ ठूलास्वारा-नुवारा खानेपानी योजनाको लागि २० लाख, गडेलबोट देउपुर बागलुङ नगरपालिका वडा नम्बर ८ खानेपानी योजनाका लागि १५ लाख, भान्सा सिस्नेरी बागलुङ नगरपालिका वडा नम्बर ६ खानेपानी योजनाका लागि १५ लाख, हाँडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि १५ लाख, छिस्ति खानेपानी योजनाको लागि ४० लाख, बरेङ खानेपानी योजनाको लागि ५० लाख र हुग्दिशिर गुरुङ्धारा खानेपानी योजनाका लागि ४० लाख विनियोजन भएको छ ।

यस्तै गण्डकी प्रदेश सरकार मार्फत कार्यान्वयमा जाने विनामारे खानेपानी आयोजनाको लागि ५० लाख, भकुण्डे खानेपानी आयोजनाका लागि ३० लाख, अर्जेवा खानेपानी आयोजनाका लागि १० लाख, कुश्मिसेरा खानेपानी आयोजनाका लागि २० लाख, रायडाँडा खानेपानी आयोजनाका लागि १० लाख, धुल्लोबास्कोट खानेपानी आयोजनाका लागि २० लाख विनियोजन भएको छ ।

यस्तै रेश खानेपानी योजनाका लागि ५० लाख, सिगाना खानेपानी योजनाका लागि १५ लाख, पैयुपाँटा पहिलो खानेपानी योजनाका लागि १० लाख, पैयुपाँटा दोस्रो खानेपानी योजनाका लागि १० लाख, अमलाचौर खानेपानी योजनाको लागि १० लाख, सर्वसिद्धि खानेपानी योजनाका लागि २५ लाख, मालिका खानेपानी योजनाका लागि ५० लाख र बागलुङ बजार लामिगाउँ खानेपानी योजनाका लागि १० लाख विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?