राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध गतिवडा

Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताउनु भएको छ ।

पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः आफूहरु मन्त्रीबाट हट्ने प्रतिक्रिया दिनुभयो ।

यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उहाँले बताउनु भयो। ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ,’ उहाँले भन्नुभयो ‘पार्टीको निर्णय मान्छौँ । मन्त्री पद शतप्रतिशत छाड्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?