रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ : रवि लामिछाने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुने बताउनु भएको छ ।

शनिबार रास्वापाले गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको समेत बताउनु भयो ।

केही व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको उहाँको आरोप थियो ।

लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ।’

स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उहाँले बताउनु भयो ।

उपचुनावका ३ उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान् व्यक्तिहरू अहिले आफूहरूसँग संवादमा रहेको र उपचुनावपछि त्यो देखिने बताउनु भयो ।

अध्यक्ष लामिछानेले अस्थिरता तिर मुलुक नजाओस् भन्ने दलले सोच्नुपर्ने समेत बताउनु भयो । सरकारमा जाने विषयमा विचाराधिन अवस्थामा रास्वपा रहेको उहाँले बताउनु भयो । उपचुनाव पछि आफूहरुले सरकारमा जाने वा नजानेदेखि सरकारलाई दिएको समर्थन बारेमा पुनर्विचार गरिने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?