‘बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा’

Read Time = 5 mins

काठमाडौं । चलचित्र कलाकार संघले बजेटमा चलचित्र उद्योगको न्यायोचित सम्बोधन नभएको जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्रलाई उपेक्षा गरेको बताएको हो । संघले सरकारसँग अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न मागसमेत गरेको छ ।

सरकारको नीति कमजोर हुँदा विदेशी चलचित्रको प्रदर्शनले प्राथमिकता पाएर नेपाली चलचित्र क्षेत्र सोझै मारमा परिरहेको पीडा दशकौंदेखि भोग्दै आएकोसमेत संघले विज्ञप्तिमार्फत भनेको छ ।

‘नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित्रलाई पक्ष पोषण गरेकोमा नेपाल चलचित्र कलाकार संघको गम्भीर ध्यानाकर्षण भएको छ’, संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजेटमा नेपाली चलचित्रको प्रवद्र्धन र विस्तारलाई उपेक्षा गरिँदा हामी अत्यन्तै दुःखी छौं । यस विषयमा हाम्रो जोडदार भर्सनासहित गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले अविलम्ब नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न हामी जोडदार माग गर्दछौं ।’

यस्तै नेपाल चलचित्र निर्माता संघले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय फिल्म उद्योगलाई दोस्रो दर्जाको जसरी गरिएको विभेदको घोर भœर्सना गरेको छ । ‘सरकारले फिल्म उद्योगलाई नै धराशयी बनाउनेगरी विदेशी फिल्मको पक्षमा सरकारले गरेको नीतिगत निर्णयले हामी थप मर्माहत भएका छौं । बजेटमा सरकारले विदेशबाट पैठारी हुने फिल्मले एक प्रतिशत भन्सार दस्तुर तिर्नुपर्ने निर्णय गरेको छ । यसले विदेशी फिल्मलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय फिल्म उद्योगलाई हतोत्साही गर्ने हाम्रो ठम्याइ छ । राष्ट्रिय फिल्म उद्योगको हकमा फिल्म सिटी र स्टुडियो निर्माण गर्ने बासी कुराबाहेक कुनै पनि नयाँ कुरा सम्बोधन नहुने तर विदेशी फिल्म पैठारीको हकमा पहिलेभन्दा थप सजिलो हुने गरी दस्तुर निर्धारण गरिनुले सरकार राष्ट्रिय उद्योगको पक्षमा नरहेको पनि स्पष्ट भएको छ’, संघका अध्यक्ष नवल खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसभन्दा पहिला विदेशी फिल्म पैठारी गर्दा वितरकले सालाखाला २० हजार रुपैयाँ तिरे पुग्ने नियम थियो । यसले सरकार विदेशी सिनेमाप्रति यति उदार र स्वदेशी फिल्मप्रति अनुदार किन भएको भन्ने प्रश्न उब्जाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशी सिनेमाको प्रवद्र्धन गर्न सरकारले जारी गरेको बजेट वक्तव्यको ठाडो र घोरविरोध गर्दै हामी नेपाली फिल्मलाई यथोचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।

नेपाल चलचित्र निर्देशक समाजले पनि विज्ञप्ति जारी गरी बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘हामीले पटक पटक चलचित्र विकास बोर्डमार्पmत नेपाल सरकारलाई फिल्म क्षेत्रको दिगो विकासका लागि विभिन्न चरणमा राय सुझाव दिँदादिँदै पनि यसरी बजेटमा नेपाली फिल्म क्षेत्र प्राथमिकतामा नपर्नु र उपेक्षा गर्नुलाई गम्भीर रूपमा लिएका छौं’, समाजका निर्देशक जनकदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत वर्षभन्दा यस वर्षको बजेटमा नेपाल फिल्म प्राथमिकतामा पर्ने विश्वास थियो । तर, त्यसको विपरीत बजेट आएकाले सरकार नेपाली फिल्मप्रति उत्तरदायी नभएको महसुस हामीले गरेका छौं । यो निर्णय सच्याउँदै नेपाल फिल्म उद्योगको पक्षमा न्यायोचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्दछौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?