बढ्दै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या

हिमालय टाइम्स
Read Time = 4 mins

-दीपककुमार शर्मा

बर्दिया । देशका अधिकाँश सामुदायिक विद्यालय बालबालिका मैत्री नभएर विद्यार्थीको संख्या घटिरहेको बेला बर्दियामा भने सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जान थालेको छ ।

अभिभावकहरू सामुदायिक विद्यालयप्रति विश्वसनीय बनेका छन् जसले गर्दा यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप वृद्धि भएको हो ।

सामाजिक सचेतना सरोकार मञ्च स्याक नेपालले बर्दियाका २१ वटा र बाँकेका चार वटा विद्यालय गरी जम्मा २५ वटा विद्यालयमा प्लान नेपालको सहयोगमा सिकाई परियोजनाअन्तर्गत बालमैत्री कक्षा कोठासँगै शुद्ध पिउने पानीको व्यवस्था गरेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बृद्धि हुँदै गएको हो ।

उक्त संस्थाले बालकबालिकाका लागि मनोरञ्जनका आवश्यक सामाग्रीसमेत उपलव्ध गराएको अम्वेमाता प्राथमिक विद्यालय बाँके खजुराका प्रधानाध्यापक अम्बिका थापा क्षेत्रीले बताउनुभयो । विद्यालयको कक्षा कोठा बालमैत्री भएको अवस्थामा बालबालिकाले सहज र सरल रुपमा बुझ्ने भएको हुँदा संघ संस्थाले शिक्षा क्षेत्रमा खेलेको भूमिका उल्लेखनिय हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत रामहरी रिजालले बताउनुभयो ।

सामुदायिक विद्यालयहरूमा अध्यापन गराइने बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरू दिनभर विद्यालय टिकाई राख्न सजिलो छैन । तर, खेल सामाग्रीका साथै कक्षा कोठामा सहज तरिकाले वस्ने वातावरणको व्यवस्था भएका कारण बालबालिकालाई अध्ययन गर्न सहज बन्दै गएको हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक भानुभक्त अधिकारीले बताउनु भयो ।

अहिले यहाँका बालबालिकाहरू नियमित बिद्यालय आउने र उतिर्ण हुने दरसमेत बढेको सम्बन्धित बिद्यालयहरूले जनाएका छन् । नेपालको संविधान २०७२ भाग ३ को धारा ३१ मा शिक्षा सम्बन्धि हकलाई मौलिक हकका रुपमा स्थापित गर्दै आधारभुत तह सम्मको शिक्षामा पहुँच, आधारभुत तह सम्मको अनिवार्य र निशुल्क शिक्षा तथा माध्यामिक तह सम्मको निशुल्क शिक्षा पाउने हक प्रत्याभुति गरेको छ ।

तर, विद्यालयमा विद्यालय समय अवधिभर टिकाई राख्न र बालमैत्री कक्षा कोठाको परिकल्पना नगरिँदा विद्यार्थीलाई बिद्यालयमा टिकाइराख्न त्यति सोचे जस्तो सहज र सरल देखिँदैन यसमा सरकारले गम्भिर भएर कदम चाल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?